A deserted market area is seen during a one-day Janata (civil) curfew imposed amid concerns over the spread of the COVID-19 novel coronavirus

भारतीय इतिहासमै पहिलो पल्ट जनताले प्रधानमन्त्री नरेन्द्र मोदीको आब्हानमा जनता कर्फ्यु भव्यताकासाथ सफल बनाएका छन।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि प्रधानमन्त्री मोदीले बिहान ७ बजेदेखि साँझ ९ बजेसम्मका लागि जनता कर्फ्युको आब्हान गरेका थिए।

प्रधानमन्त्री मोदीको आब्हानमा भारतका एक अर्ब जनताले भारतभर नै साथ दिँदै बिहानदेखि नै दिनभर घरभित्र बसेर कोरोनाविरुद्ध एक्यवद्धता जनाएका छन।

यसैबीच भारतमा विगत २४ घण्टाभित्र थप तीन जनाको कोरोना भाइरसका कारण निधन भएपछि जनतामा थप आतंक फैलिएको छ।

भारतीय संचारमाध्यमका अनुसार देशभरी ३६० जना व्यक्ति संक्रमणको चपेटामा परेपछि कोकोता, दिल्ली, महाराष्ट्र, उत्तराखण्ड, पञ्जाव, राजस्थान लगायतका प्रदेशमा ३१ मार्चसम्म लकडाउन गरिएको छ।

यसैगरी देशभरी नै उक्त मितिसम्म रेलसेवा बन्द गरिएको छ।

यसैबीच साँझा ५ बजेदेखि पाँच मिनेटसम्म भारतभरी भारतीय जनताले घरको बालकोनीमा उभिर प्रधानमन्त्री मोदीको आब्हानमा शंख, थाली, ताली बजाएर कोरोना भाइरस विरुद्ध खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको स्वागत र हौसला बढाएका छन्।