काठमाडौंमा शनिबार भुकम्पको ठूलै झड्का आएको छ।

शनिबार अपरान्ह ४ः१५ बजेतिर भुकम्पको झड्का आएपछि राजधानीवासीहरु त्रसिद हुँदै घरबाट बाहिर भागेका छन्।

लामो समयदेखि वर्षात हुन नसकिरहेकोबेला शनिबार अपरान्ह राजधानीको कतिपय क्षेत्रमा भारी वर्षा भइरहेकैबेला भुकम्प गएपछि मानिसहरु पानीमा पनि भिज्दै सडकमा निस्किएका छन्।

भुकम्पको केन्द्रविन्दु र त्यसको मापनबारे विस्तृत विवरण आउन बाँकी नै छ।