सुडानको डार्फरस्थित मिसनमा बख्तरबन्द गाडी र सामान खरिद गरी पठाउँदा अनियमितता गरेको आरोपमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी जेल चलान भएका छन्।

अदालतले दोषी ठहर गरी जेल सजाय तोकेपछि ठकुरीले बिहीबार नै सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न पुगेका थिए।

उनलाई सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पठाईएको छ। बिहीबार निवेदन लिएर सर्वाेच्च अदालत पुगेका ठकुरीलाई यसअघि नै फैसला भइसकेको सजाय कार्यान्वयनका लागि कारगारमा पठाइएको सर्वोच्चले जनाएको छ।

ठकुरीले आफ्नो निवेदनमा जेलमा नबसी जरिवाना भुक्तानी गरी पाऊँ भनि निवेदन लिएर अदालत पुगेका थिए। तरm सर्वोच्चले उनको निवेदन अस्वीकार गर्दै जेल चलानका लागि पठाएको हो।

पूर्व प्रहरी महानिरक्षक ठकुरीलाई १७ बैशाख २०७४ मा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश शुशिला कार्की र विश्वम्भरप्र्र्र्र्र्र्र्रसाद श्रेष्ठको संयुक्त इजलासले १ वर्ष कैद र ४० हजार जरिवाना गर्न फैसला गरेको थियो।

करोडौं रुपैयाँको आर्थिक हिनामिनामा अदालतले दोषी ठहर गर्दै गरेको जरिवाना रकमको विषयले समाजमा नयाँ बहसको श्रृजना गरेको थियो।

सर्वोच्चले पूर्वमहानिरिक्षक ठकुरी सहित सात जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो। उक्त प्रकरणमा अन्य २७ जनाले भने सफाइ पाएका थिए। सर्वोच्चले कैद तथा जरिवाना सजाय सुनाएका पूर्व प्र्रहरी महानिरिक्षकहरु ओमविक्रम राणा र हेमबहादुर गुरुङले यस अघि नै आत्मसमर्पण गरेका थिए। सर्वोच्चमा २०६९ जेठ २२ मा दर्ता गरिएको मुद्दाको करिब पाँच वर्षपछि फैसला भएको थियो।