पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडाँैं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनि झापामा रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताए। पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए ।