चीनबाट सुरु भएर अन्तराष्ट्रिय रुपमा फैलिएको कोरोना भाइरसको लागि नेपाली सेनाले आन्तारिक तयारी सुरु गरेको छ ।

बुधबार सैनिक मुख्यालय भद्रकालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि पूर्वाभ्यास गरिएको हो । सेनाले आफ्नो मुख्यालयमा अस्थायी टेन्ट लगाएर आइसोलेसन वार्ड बनाएको छ । यस्तै सेनाले आन्तरिक तयारीका लागि जंगीअड्डामा संरचना तयार पारेको छ ।

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जंगीअड्डा परिसरमा ५४ वटा टेण्ट तयार गरिएको जानकारी दिए । एउटा टेण्टमा दुई जना राख्न मिल्ने गरी संरचना बनाइएको छ । यस्तै सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा १० वटा आइसोलेसन बेड तयार पारेको छ ।

कोरोना भाइरसरोकथामका लागि नेपाली सेनाको पूर्वाभ्यास
चीनबाट सुरु भएर अन्तराष्ट्रिय रुपमा फैलिएको कोरोना भाइरसको लागि नेपाली सेनाले आन्तारिक तयारी सुरुhttps://himaldainik.com/2020/03/18/85154/
Himal Dainik ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಬುಧವಾರ, ಮಾರ್ಚ್ 18, 2020

त्यस्तै ५० जनासम्मलाई क्वारेन्टाइनमा राख्नका लागि स्थान तयार गरिएको जानकारी पनि प्रवक्ता पाण्डेले दिए । केन्द्रमा रहेको वीरेन्द्र अस्पतालसँगै पोखरा, नेपालगञ्ज, इटहरी र १८ वटा अन्य स्थानबाट सेनाले विपत‌बाट बच्न अभ्यास गरेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि अपनाउनु पर्ने सचेतनाबारे जानकारी दिँदै डा. ली बुढाथोकीले क्वारेन्टाइनमा छुट्टा–छुट्टै सरसफाइका लागि चाहिने आवश्यक पूर्वाधार बनाइएको जानकारी दिईन । उनले हरेक टेन्टमा संक्रमण फैलिन नदिन छुट्टाछुट्टै व्यवस्था गरिएको बताईन । ६ मिटर दुरीमा बनाइएको प्रत्येक टेन्टमा २ जनालाई राख्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै शान्ति स्थापनार्थ विभिन्न देशहरुमा तैनाथ सेनाहरुलाई कोरोना संक्रमणका बारेमा जानकारी गराउने, रोटेसन फ्लाइट स्थगित गर्ने र सरसफाइ तथा सचेतनामा ध्यान दिन पूर्व सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ ।