तस्विर:अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्षमा सबैभन्दा वढी राजस्व तिर्ने सूर्य नेपाललाई सम्मान गर्दैै ।

अर्थमन्त्री डा.युवराज खतिवडाले कर प्रशासनमा स्वच्छता कायम गर्न आग्रह गरेका छन्। आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई औपचारिक बनाउन अनौपाचारिक क्षेत्रलाई पनि करमा समावेश गरिएको भन्दै जनताले तिरेको कर जनताकै हितका लागि प्रयोग गरिएको बताए।

जनताले तिरेको करको दुरपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले इलेक्ट्रोनिक कर प्रणाली भित्र्याउन आवश्यक रहेकोमा जोड दिए। मुलुकको तीन चौथाइ राजश्व आन्तरिक राजश्वबाट उठ्ने गरेकाले पनि यो देशको आधार भएको मन्त्री खतिवडाले बताए।

राज्यलाई सरल, सुदृढ, आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लैजान क्षमता अनुसार कर निर्धारण गरिने मन्त्री खतिवडाको भनाइ छ । सम्पत्ति शुद्धीकरण ऐन विस्तारै सहज हुने भन्दै अर्थमन्त्री युवराज खतिवडाले व्यवसायिक जगतमा देखिएको समस्यालाई समाधान गर्दै लैजाने धारणा पनि राखे।

तस्विर:आठौं राष्ट्रिय करदिवसको उपलक्ष्यमा आन्तरिक राजस्व विभागद्वारा काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि अर्थमन्त्री डा.युवराज खतिवडालगायत ।

कार्यक्रममा गत आर्थिक वर्षमा बढी कर तिर्ने व्यक्ति, फर्म, कम्पनी लगाएतलाई सम्मान गरिएको थियो । अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन्।


निर्यातकर्ता आयकर: डाबर नेपाल, पंकज बजाज

उद्योग(मदिरा र चुरोट बाहेक): जगदम्बा, सुलभ अग्रवाल

कृषि: अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल

तस्विर:अर्थमन्त्रीद्वारा आर्थिक वर्षमा जीवन बिमाको क्षेत्रमा सबैभन्दा वढी राजश्व तिर्ने नेपाल लाइफ इन्सुरेन्सलाई सम्मान गर्दै

बैंक: राष्ट्रिय वाणिज्य बैंक 

लघुवित्त: छिमेकी लघुबित्त

बीमा : नेपाल लाईफ

स्वास्थ्य शिक्षा: मणिपाल मेडिकल कलेज

सूचना प्रविधि: वर्ल्डलिंक

व्यापार: अग्नि इन्कर्पोरेट

मध्यम करदाता: कामना सेवा विकास बैंक

पर्यटन: हायात

आन्तरिक कार्यालय तर्फ: भिएस मोरिसस

व्यक्तिगत: सिध्दार्थ शमशेर जबरा

भ्याट : घोराही,सिमेन्ट