बाढीले राजमार्गको पुल बगाएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्न आज दिनभर लाग्ने भएको छ। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले यातायात सञ्चालनका लागि पहल भइरहेकाले राजमार्ग खुल्न कम्तिमा आज दिनभर लाग्ने बताएका हुन्।

अविरल वर्षापछिको बाढीले धादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुल बगाएपछि यातायात अवरुरद्ध छ।

मुग्लिन–पोखरा सडकखण्ड भने मंगलबार साँझ ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ। पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो ।   पृथ्वीराजमार्ग क्षेत्रमा सानाठूला गरी करीब दश स्थानभन्दा बढी स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here