कोरोना महामारीको त्रासदीबाट जनतालाई सुरक्षित राख्ने भन्दा सत्ता र शक्तिको बचाउमा व्यस्त सरकारले लकडाउन (बन्दाबन्दी)को आदेश खुला गर्ने निर्णयप्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि चित्त नबुझेको छनक दिएकी छिन्।

सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन आदेश असारदेखि आंशिक रुपमा र बुधबारदेखि पूर्णरुपले खुला गरेपछि बुधबार ट्वीटरमार्फत राष्ट्रपतिले महामारीको जोेखिम नटरेको बताउँदै स्वास्थ्य सम्बन्धिी नियमहरुको पालना गर्न आग्रह गरेकी हुन्।

उनले आफ्नो ट्वीटरमा जनजीवन सहज गराउन सरकारले बन्दाबन्दी आदेशलाई सरल बनाएको बताउँदै यसका बाबजूद संक्रमणको जोखिम कायमै रहेको बताएकी छिन्।

उनले भनेकी छिन्, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन। तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’

लकडाउन आदेश जारी गरेपछि संक्रमितको पहिचान, परिक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको चरम अनियमिततामा संलग्न भएको सरकार र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला विवादस्पद अभिव्यक्तिका कारण सत्तारुढ नेकपाभित्र चरम सत्ता विवादले महामारीको विषय ओझेलमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here