चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउन आदेश साउन ६ गतेदेखि खुला गरेपछि देशमा कोरोना भाइरसका संक्रमितहरुको मर्ने संख्या निरन्तर रुपले बढ्दै गएको छ।

लकडाउन आदेश फिर्ता लिने निर्णय सार्वजनिक भएको दिन साउन ६ गतेसम्ममा देशभरबाट ४० जना संक्रमितको निधन भएकोमा खुला भएको चारदिनभित्र मात्रै ५ जनाको निधन भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परिक्षणको दायरा साँधुरो बनाउँदै र क्वारेन्टाइन पनि विस्तारै खाली गर्दै गएर संक्रमण नियन्त्रणमा रहेको दाबी गरेपनि चार दिनभित्र ५ जनाको निधन भएपछि सरकारी दाबीमाथि प्रश्न खडा भएको छ।

मन्त्रालयले दैनिक रुपमा गर्दै आएको पत्रकार सम्मेलन अन्तर्गत शनिबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विगत २४ घण्टामा थप एक जनाको निधन भएको जानकारी दिए।

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको जानाकारी अनुसार, शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको हो।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए।

गौतमले दिएको जानकारी अनुसार, बिपी अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना, गजेन्द्र नारायण अस्पताल राजबिराजमा ११, नारायणी अस्पताल वीरजंगमा ९, भरतपुर अस्पताल चितवनमा १, टेकु प्रयोशालामा १, हेटौडामा ६, पाटनमा ३, बीर अस्पतालमा २, स्टार अस्पतालमा १, रुपन्देहीमा १३, भेरी अस्प्ताल नेपालजंजमा ९, लुम्वनी अस्पताल बुटलवमा ४, सुखेतमा ५१ र डडेलधुरामा गरिएको परिक्षणका क्रममा २० जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै थप एक जनाको मृत्यु भएको छ। बारा परवानीपुरका १७ बर्षिया युवतीको वीरगञ्जस्थित अस्पतालमा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।

यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ। हाल क्वारेन्टाइनमा १८,१८३ जना रहेका छन्। शनिबार १०६ जना डिष्चार्ज भएका छन् भने हालसम्म १३,०५३ जना डिष्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here