जनता समाजवादी पार्टीले रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि लीलादेवी सिटौलालाई पठाएकाे छ।

सरिता गिरीलाई सांसद र पार्टीबाट हटाएपछि जसपाले उक्त स्थानका लागि सिटौलाकाे नाम निर्वाचन आयाेगमा पठाएकाे जसपा नेता केशव झाले बताए। जसअनुसार निर्वाचन आयोगले साेमबार सिटौलालाई प्रतिनिधि सभा सदस्य भएको घोषणा गरेको छ।

आयोजका प्रवक्ता राजकुमार श्रेष्ठले सिटौला प्रतिनिधि सभा सदस्य भएको जानकारी दिए।

सरिता गिरी समानुपातिक तर्फबाट सांसद भएकी थिइन्। लिम्पियाधुरा समेटिएको नक्सा निशान छापमा राख्न गरिएको संविधान संशोधनमा उनले पार्टीको ह्वीप विपरित मतदान गरेकी थिइन्।

उनलाई पार्टी ह्वीप नमानेको आरोपमा कारवाही गरिएको थियो। खसआर्य समूह अन्तर्गत रिक्त प्रतिनिधि सभा सदस्य पदमा सिटौलाको नाम जसपाले सिफारिस गरेअनुसार आयोगले निर्वाचित भएको बताएको हो। सिटौलालाई अब सभामुखले सपथग्रहण गराउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here