नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशी र पूर्वराज्यमन्त्री पुष्करनाथ ओझामाथि अनुशासन कारवाही गर्नु गलत भएको टिप्पणी गरेका छन् ।

मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै उनले लामो समय पार्टीमा योगदान दिएका नेतालाई कारबाही गरिनु गलत भएको बताए । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात भएको स्वीकार गर्दै उनले पार्टीका केन्द्रीय अनुशासन समितिमा उजुरी परेका सबैलाई माफी दिएर अगाडि बढ्नुपर्ने पनि सुझाव दिए ।

उनले महाधिवेशनमा सवैजनालाई एकजुट गराएर अघि बढ्नुपर्ने बताए । यसअघि कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पूर्वमन्त्री जोशी, पूर्वराज्यमन्त्री ओझा र डडेल्धुरा कांग्रेसका कार्यालय रसचिव रामबहादुर बिष्टलाई पार्टीबाट निष्कासन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here