पुतलीबजार नगरपालिका मंगलबारदेखि पूर्ण बन्द हुने भएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि पुतलीबजार नगरपालिका सिल गर्ने भएको भएको हो।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले मंगलबारदेखि १० दिनका लागि पुतलीबजार सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए। कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दै सचेत र सावधानी अपनाउनु पर्ने बैठकको निष्कर्ष निकालेको छ ।

नगरभित्र कोरोना संक्रमण फैलन नदिने उद्देश्यले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरिएको छ। बाहिर निस्कनु परेमा अनिवार्य माक्स, सेनिटाइजरको प्रयोग गर्न र उच्च सतर्कता अपउनाउन सुझाव छ।

सार्वजनिक तथा निजी सवारी साधन सबै बन्द गरिने, अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द गरिने, बैंक तथा वित्तीय संस्थाले नियन्त्रित भइ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सेवा प्रवाह गर्नु पर्ने, अत्यावश्यकबाहेकका पसल तथा अन्य व्यवसाय, उद्योग बन्द गराउन व्यवसायीका छाता संगठनलाई जानकारी गरेको प्रजिअ क्षेत्रीले बताए।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत २१ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै संक्रमण समुदायमा फैलन नदिन नगरपालिका सिल गरिएको हो। पुतलीबजारमा हालसम्म २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ५ जना निको भएर घर फर्केका नगर स्वास्थ्य प्रमुख विष्णु काफलेले जानकारी दिए । जिल्लाभर संक्रमितको संख्या २ सय २३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here