वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि कामविशेषले काठमाडौं गएका मेयर सराबगीलाई हल्का ज्वारो र घाँटीमा समस्या देखिएपछि परीक्षण गराएका थिए । बिहीबार आएको रिपोर्टअनुसार उनमा कोरोना संक्रमण देखिएको हो ।

उनी चार दिनअघि काठमाडौं आएका थिए। काठमाडौंमा स्वाब परिक्षण गर्दा बिहीबार बिहान उनको कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।

सरावगीले आफ्नो फेसबुकमा वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको समेत बताएका छन्। उनले वीरगन्जमा संक्रमण नियन्त्रण गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्। सरावगी अहिले काठमाडौंमा सेल्फ क्वारेन्टिनमा छन्।

आफू नै कोरोनाको संक्रमणमा परेर आइसोलेसनमा बस्नुपरेपछि सामाजिक सञ्जालमार्फत वीरगन्ज नगरवासीलाई भावुक सन्देश प्रवाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here