पोखरामा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार पोखरा महानगरपालिकामा ४५ र ३३ बर्षिय पुरुषहरुमा देखिएको हो। त्यस्तै कास्कीको रुपा गाउँपालिकामा ३६ बर्षिय महिलामा पनि संक्रमण देखिएको छ। हिजोमात्र पोखरामा एकै दिन १४ जनामा कोरोनाको संक्रमण देखिएको थियो।

त्यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षण तनहुँ जिल्लामा १ जना र म्याग्दीमा २ जनामा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। संक्रमित ब्यास नगरपालिकाको २९ बर्षिय पुरुष, म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका ४९ पुरुष र मंगला गाउँपालिका का ३७ बर्षिय पुरुष रहेका छन्।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको १४८५ पुगेको छ। त्यस्तै अहिलेसम्म १२४३ जना स्वास्थ्य लाभ लिईसकेको निर्देशनालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here