एक महिनादेखि बेपता पंकज गिरि मृत अवस्थामा फेला परेका छन्। स्याङ्जाको चापाकोट–५, सेखाम घर भई हाल पोखरा–५, पस्र्याङमा बस्दै आएका १९ वर्षीय पंकज आज मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव पोखरा–सुनौली सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भालुपहाडमा राजमार्ग भन्दा करीब ४ सय मिटर तलको झ्याङमा भेटिएको प्रहरीले जनाएको छ । गत असार १८ मा स्याङ्जाको बाडखोलाबाट पंकज ना ४० प ३७२० नम्बरको बुलेट बाइकमा पोखरा हिंडेका थिए।

पंकज बेपत्ता भएको ठिक १ महिनापछि सोमबार भालुपहाड तल सेतीखोला खोंचमा माछा मार्नेहरुले दुर्घटनाग्रस्त एक मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धान गर्दा उक्त बाइक पंकजको भन्ने प्रष्ट भएपछि प्रहरी उनको खोजि कार्य गरेको थियो । पंकजको शव मोटरसाइकल फेला परेको भन्दा करिब ३० मिटरमाथि पहाडको झ्याङमा कपडा सहित उनको कंकाल भेटाएको प्रहरीले जनाएको थियो । प्रहरीले उनको शव पहिचान गरि परिवारलाइ जिम्मा लगाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here