आज (बुधबार) देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेिख भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बिहान भने काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश १ र २ का केही ठाउँमा थोरै मात्रामा घाम देखिएको छ।

‘काठमाडौं उपत्यकाका पनि सबै ठाउँमा घाम देखिएको छैन,’ बुधबार बिहान उनले  भनिन्, ‘अपराह्नपछि उपत्यकासहित देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।’

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि देशका अधिकांश क्षेत्रमा सामान्य वदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

मौसमविद् नगरकोटीका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मंगलबार रातिदेखि मनसुन पुनः केही सक्रिय बनेको हो।

यस्तो छ अगामी तीन दिनको मौसम

बुधबार

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती  प्रदेश  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना।
राति : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहिबार

दिउँसो : प्रदेश नम्बर १, प्रदेश २ र बागमती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा हुनसक्ने सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राति :  प्रदेश १,बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार

दिउँसो : बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here