पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती छन्।

सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो। राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो।

पोखरिया–८ जगतपुर घर भएकी उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन्।

यो सँगै कोरोना संक्रमणबाट पर्सामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here