नेपाली बजारमा सुनको मुल्य पहिलो पटक १ लाख नाघेको छ। मंगलबार प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १४ सय रुपैयाँले बढेर पहिलो पटक लाख नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य पनि बढेको छ। मंगलबार प्रति तोला ९८ हजार ३६५ मा कारोबार भएको तेजाबी सुनको मुल्य आज १५ सय ३५ रुपैयाँले बढेको छ। आज तेजाबी सुनको मुल्य १लाख ९ सय रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ।

पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ। नेपाली बजारमा सुनको मुल्य एक लाख पुगेको यो पहिलो पटक हो।

आज चाँदीको मुल्य भने ६५ रुपैयाँले बढेको छ । साताको पहिलो तीन दिन प्रति तोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२ सय ९५ कारोबार गर्ने महासंघले जनाएको छ।

साउन महिनामा सुनको मुल्य ८ हजार ७ सय रुपैयाँ, तेजाबी सुन ८ हजार ६ सय ४० र चाँदीको मुल्य २९० रुपैयाँले वृद्धि भएको छ।

साउन महिनामा सुनको मुल्यको विवरण

गतेसुन (प्रति तोला)तेजाबी सुन (प्रति तोला)चाँदी (प्रति तोला)
९२७००९२ हजार २६०१००५
९२२००९१ हजार ७६०९९५
९२५००९२ हजार ६५१००५
९२३००९१ हजार ८६५१०००
९२७००९२ हजार २६०१०४०
९४०००९३ हजार ५६०११३५
९४५००९४ हजार ६५११४५
९५८००९५ हजार ३६५११५०
११९६३००९५ हजार ८६०११५५
१२९७५००९७ हजार ६०१२१०
१३९८२००९७ हजार ७६०१२४५
१४९८५००९८ हजार ६५१२२५
१५९९०००९८ हजार ५६०१२२५
१६९९३००९८ हजार ८६५१२००
१८९९६००९९ हजार १६०१२३०
१९९९६००९९ हजार १६०१२३०
२०९९८००९९ हजार ३६५१२३०
२११०१४००१ लाख ९००१२९५

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here