फाइल फोटो

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। बुधबार वीरगन्ज महानगरपालिका– १५ का ४६ वर्षीय पुरुष उपचारको क्रममा मृत्यु भएको हो।
मंगलबार राति उनलाई खोकी, ज्वरो र श्वास–प्रश्वासमा समस्या देखिएपछि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उक्त ब्यक्ति मधुमेहका रोगी थिए।

त्यस्तै सोमबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका– ८ की १८ वर्षीया किशोरीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ। मृत्यु भएपछि उनको स्याब संकलन गरेर सोमबार नै नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ। साउनमा मात्र पर्सा जिल्लामा १३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here