नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ जनामा कोरोनाको संक्रमण देखिएको छ। बुधबार अध्यक्ष दाहालका परिवार, सचिवालय र सुरक्षाकर्मीको परिक्षण गर्दा उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा दाहालको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जनामा संक्रमण देखिएको छ।

त्यस्तै आज नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।

कांग्रेस केन्द्रिय सदस्य चौरसियासहित पर्सामा थप ४३ मा संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here