संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोनाको संक्रमण देखिएको छ। उक्त कुराको पुष्टि संसद सचिवालयले गरेको हो।

दुई साता अघि उनि सांसद प्रदीप यादवसँगै वनको अनुगमनका लागि गएका थिए। यादवमा संक्रमण देखिएपछि उक्त टोलीमा गएका ८ जना सदस्यको परिक्षण गरिएको थियो। परिक्षणमा ८ जना मध्य पाण्डेमा मात्र संक्रमण पुष्टि भएको सचिवालयले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here