चुच्च‍ेपाटीमा एक जनाले आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल राखेको बोतल प्रहार गरेका छन्।

मदिरा सेवन गरेर आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल राखेको बोतल प्रहार गरेको महानगरीय प्रहरी प्रभाग बौद्धका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्ट पेन्टिङको काम गर्ने र मदिरा सेवन गरेर आएपछि बोतल प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। आमा र छोरीको हेल्पिङ अस्पतालमा उपचार भइरहेको छ। विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here