काठमाडौं गोंगबु नजिकै टाउको काटिएको अवस्थामा शव फेला परेको छ । टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । प्रारम्भिक अनुसन्धानपछि प्रहरी शव पहिचानको नजिक पुगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here