नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः १२ वटा विभागमा करिब पाँच सय पार्टी सदस्यहरुलाई विभागको सदस्यमा मनोनित गरेका छन्।

पार्टी नेता रामचन्द्र पौडेल लगायतका असन्तुष्ट पक्षका नेताहरुले विधानको प्राधान अनुसार ६ महिनाभित्र गठन हुन नसकेका विभाग अधिवेशनको अगाडि गर्न नमिल्ने अडान लिँदै नेतृत्वलाई दबाब दिँदै आएपनि सभापति देउवाले आइतबार साँझ १२ वटा विभागमा आफ्नो तर्फबाट सदस्यहरुको मनोनित गरेका हुन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, सभापति देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कांग्रेस केन्द्रीय विभागहरुमा देहायका उपप्रमुख÷सचिव÷सदस्यहरु मनोनयन गरेका हुन्।

पार्टी नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित संगठन विभागको सचिवमा झापाका विनकुमार विश्वकर्मा मनोनित भएपनि उक्त विभागको उपप्रमुखमा कोही पनि नियुक्ति गरिएको छैन।

नयाँ विधान अनुसार संयोजक सहित ५१ सदस्य रहने विभागमा सभापति देउवाले यसअघि पौडेल पक्षले सहमति जनाएमा पार्टीभित्रको गुटगत हिस्साको आधारमा ६०÷४० अर्थात आफ्नो तर्फका ३० जना सदस्य मनोनित गर्ने तयारी गरेका थिए। तर, पौडेल पक्षले विभागमा कुनै सहभागीता नजनाउने बताउँदै विभागको औचित्यमाथि नै प्रश्न उठाएपछि देउवाले अधिकांश विभागमा ४० जनाको हाराहारीमा मनोनित गरेका छन्।

यसैगरी केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा गठित शिक्षा विभागमा उपप्रमुख पूर्व सांसद शेषनाथ अधिकारी तथा सचिवमा कास्कीका कृष्णप्रसाद पौडेल रहेका छन्।

यसैगरी देउवाले महेन्द्र यादवको संयोजकत्वमा रहेको यातायात व्यवसायी समन्वय विभागमा उनी बाहेक ४१ जना सदस्य रहेका छन् भने फरमूल्लाह मन्सुरको नेतृत्वमा रहेको मुस्लिम विभागमा बाराका परवेज अन्सारीलाई सचिवसहित ३८ जना सदस्य रहेका छन्।

अजयकुमार चौरसियाको नेतृत्वमा रहेको तराई–मधेश समन्वय विभागको उपप्रमुखमा श्रीप्रसाद राउत तथा सदस्यमा पर्साका रामनारायणप्रसाद कुमी रहेका छन् भने, सदस्यहरुमा ३९ जना मनोनित भएका छन्।

पार्टी नेता रमेश रिजालको संयोजकत्वमा रहेको संघीय मामिला तथा प्रदेश समन्वय विभागमा पनि ४० जना सदस्यहरु रहेका छन्।

यसैगरी वन, वातावरण तथा विपत व्यवस्थापन विभागकी प्रमुख अम्बिका बस्नेतको नेतृत्वमा रहेको विभागमा ३९ जना सदस्यहरु रहेका छन् भने आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा रहेको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल रहेका छन्। उक्त विभागमा ३९ जना सदस्य रहेका छन्।

त्यसैगरी स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको मातहतमा रहेको विभागमा पनि ३८ जना, बीरबहादुर बलायर प्रमुख रहेको निर्माण व्यवसायी समन्वय विभाग — प्रमुख बीरबहादुर बलायर पनि ३९ जना सदस्य रहेका छन्

यसैगरी गठन भएका तरुण विभाग र खेलकुद विभागमा पनि क्रमशः ४१ र २९ जना सदस्य तथा उपप्रमुख र सचिव समेत मनोनित गरिएको छ।

गत महासमितिले विभागको संख्या २७ मा सिमित गरेपनि विधानको प्रावधानकै आधारमा सभापति देउवाले उक्त संख्या बढाएर ४७ बनाएका थिए। तर, यसको विरोधमा असन्तुष्ट पक्षले सभापतिको आलोचना गर्दै आएका छन्।
त्यसका बाबजूद पनि सभापति देउवाले यसअघि गठन गरेका २० विभागमध्ये १३ विभागका सदस्यहरुको मनोनयन गरिसकेका छन्।

Shrawan 25, 10+tarun+Khelkud departnamelist 2077.04.25 (1)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here