कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा सरकारी निकाय जिम्मेवार हुन नसकेको आरोप लगाउँदै विरोधमा उत्रिएका विद्यार्थी नेताहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि उनीह प्रहरी हिरासतभित्रै अनसन बसेका छन्।

कोरोना भाइरसको हटस्पट बनेको पर्साको वीरगञ्जमा नेपाली कांग्रेस निकट नेपाल विद्याथी संघका विद्यार्थीहरु प्रशासनको फितलो उपस्थिति र मेडिकल माफियाको लाहप्रवाहीका कारण दिनहुँ नागरिकहरुको ज्यान गएको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउमा गएका थिए।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उलंघन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न गएका नेपाल विद्यार्थी संघ पर्सा सभापति विकास तिवारीसहित तीन जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो।

निषेधीत क्षेत्रमा विरोध प्रदर्शनमा गएको विद्यार्थी र सुरक्षाकर्मीबीच केही समय झडप समेत भएको थियो। त्यसपछि प्रहरीले जिल्ला सभापति तिवारी, उपसभापति शेख हजरा र मनोज साहलाई पक्राउ साँझसम्म नछाडेपछि उनीहरु हिरासतमै अनसन बसेका हुन्।

उनीहरुलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केहिबेर नेवि संघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो। पाँच बुँदे माग राखेर शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा प्रहरीले लाठिचार्ज गर्नुको साथै आफूसहित तीन जनालाई पक्राउ गरेर नछाड्ने भनेपछि अनसनमा बसेको सभापति तिवारीले जानकारी दिए।

पछिल्लो सयम ‘वीरगञ्जमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बण््दै जाँदा उपचार नपाएर ६ जनाले ज्यान गईसकेको छन्।

‘जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ,’ तिवारीले थप्दै भने ‘त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर, एक्कासी प्रहरी आएर लाठिचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ।’
प्रहरीको लाठिचार्जबाट आफ्नो ढाड र खुट्टामा चोट लागेको र अन्य थुप्रै साथीहरुलाई पनि चोट लागेको तिवारीले बताए।

नारायणी अस्पताललाई जेनरल सेवा सुविधासहित सर्वसाधरणलाई खुल्ला गरियोस, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएका पीडितहरुलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोनाले गर्दा खाई कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधरणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने मागसहितको व्यानर लिएर उनीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here