सुनको मुल्य आज एकै दिनमा ६ हजार दुई सय रुपैयाँले घटेको छ। मंगलबार प्रति तोला १ लाख १ हजार ६ सयमा कारोबार भएको सुन आज ६ हजार २०० रुपैयाँले घटेको छ। आज सुनको मुल्य ९५ हजार ४ सय रुपैयाँ निर्धारित गरिएको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

साउन २१ गते सुनको मुल्य एक लाख पुगेको थियो। नेपाली बजारमा सुनको मुल्य १ लाख पुगेको यो पहिलो पटक हो। त्यसपछि सुनको मुल्य एक लाख साढे तीन हजारसम्म पुगेको सुन आज ६ हजार २०० रुपैयाँले घटेको हो ।

त्यस्तै तेजाबी सुनको मुल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। मंगलबार प्रति तोलामा १४ सय ३५ रुपैयाँ भएको चाँदी आज २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here