नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८१ औं जन्मजयन्ती तथा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दलले असाहय बृद्धबृद्धाहरुलाई फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतका अनुसार, पूर्व सभापति कोइरालाको जन्मजयन्तीसँगै युवा दिवसको अवसर पारेर बुधबार तरुण दल केन्द्रीय समितिले कालिमाटी रविभवनस्थित बृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्पषण गुठी (आमा घर)मा फलफुल तथा कोरोनाविरुद्ध सावधानीका लागि प्रयोग गरिने स्वास्थ्य सामागी्री उपलब्ध गरेकोे हो।

फलफुल, स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा तरुण दलअध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थित रहेको थियो।

आमा घरमा वितरित सहयोगका लागि कांग्रेसको ललितपुर जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य सन्तोषराज केसी र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रवि थापाले व्यवस्था गरिदिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here