कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँको दुःखद निधन भएको छ।

कान्तिपुरका अनुसार, पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्ति माण्डो जलविद्युत परियोजना क्षेत्रमा फेला परेको हो। हाल उनको शव हेटौँढा अस्पतालमा राखिएको छ।

वानियाँको पारिवारिक स्रोतका अनुसार उनी सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए।

उनी पछिल्लोे पटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेकोे प्रहरी कार्यालयको हवला दिँदैै समाचारमा लेखिएको छ।

बल्खुमा प्रहरीले गस्तीका क्रममा उनलाई सोधपुछ गरेपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितिर लागेको बताइएको छ।

त्यसपछि उनी खोलामा लड्दा खोलाले बगाएको प्रत्यक्षदर्शीको हवला दिँदै प्रहरीले बताएको छ।

नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील पत्रकार वानियाँ कान्तिपुरको स्थापनाकालदेखि कार्यरत हुँदै बिचमा नागरिक दैनिकमा गएका थिए। पछि पुनः उनी कान्तिपुरमै फर्किएर समाचार संयोजकको भूमिका निर्वाह गर्दै आएका पनि थिए।

पछिल्लो समय राष्ट्रिय राजनीतिमा घटेका विवादस्पद घिटनाक्रममा नेपालको भूभाग चीनले अतिक्रमण गरेको विषयमा उनले समाचार लेखेका थिए। तर, सरकारले उक्त समाचारको खण्डन गरेपछि उनलाई कान्तिपुर दैनिकको व्यवस्थापनले उनलाई बेतलवी विदामा बस्न लागएको कान्तिपुरकर्मी उनका सहयोगीहरु बताउँछन्।

कोरोना भाइरसको महामारीकाबीचमा कान्तिपुरको सम्पादकीय नेतृत्व र व्यवस्थापनले उनप्रति गरेको व्यवहारका कारण उनी पछिल्लो समय विस्तारै डिप्रेसनमा गएको र त्यसको परिणाम स्वरुप उनले आत्महत्या गरेकेो हुन सक्ने आशंका गरिएको छ।

तनुहँ निवासी वानियाँका धर्मपत्नी, एक छोरा र एक छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here