भारतीय अभिनेत्रि आलिया भट्टको फिल्म ‘सडक-२’ को ट्रेलर सार्वजनिक भएको छ। भारतीय निर्माता महेश भट्ट र मुकेश भट्टको प्रोडक्सन भिसेश फिलिमसको फिल्म ‘सडक-२’ को ट्रेलर आज रिलिज गरिएको हो। यस फिल्ममा संजय दत्त, पूजा भट्ट,आदित्यरोय कपुर र अलिया भट्ट मुख्य भूमिका रहेको छ।

फक्स स्टुडियो हिन्दी नामक युटुब च्यानलमा अपलोड गरिएको ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक देखिएको छ। यसअघि अभिनेत्री अलिया भट्टको फिल्म दर्शकहरुले निकै रुचाएपनि यसबेला भने दर्शकहरुको आक्रोश ट्रेलरमा देखिएको छ।

पछिल्लो समय सुशान्त सिंह राजपुतको आत्माहत्या प्रकरणपछि बलिउडमा नेपोटिजमबिरुद्ध एउटा अभियान नै चलेको छ। फिल्मी परिवारभन्दा बाहिरबाट आएको एक उत्कृष्ट अभिनेता सुशान्तलाई बलिउडले खाएको भन्दै दर्शकहरुले चर्चित निर्माता, निर्देशक, अभिनेता र स्टार किड्स यसको शिकार बनेका छन्।

त्यही आक्रोशमा सडक-२ र अलिया पनि परेको छ। आफ्नो बुवा निर्देशक महेश भट्टको नामबाट बलिउडमा छिरेकी अलिया भट्ट र उनको नयाँ फिल्म पनि यसको शिकार बनेका छ। उनले पहिलो फिल्म नै निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इअर’ बाट डेब्यु गरेकी थिइन्।

यस ट्रेलरको कमेन्टमा अलियालाई भरपुर गाली गरिएको छ । कमेन्टमा अलियालाई गाली गरेपनि दर्शकले संजय दत्तलाई भने माया देखाएका छन्। सन् १९९१ मा महेशले निर्देशन गरेको सडक हिट भएको थियो। त्यही फिल्मको सिक्वेल मार्फत लामो समयपछि फिल्म निर्देशनमा फर्केका महेशलाई भने यसले ठुलो धक्का दिएको छ।  मंगलबारमात्र संजय दत्तको फोक्सोमा क्यान्सर देखिएको खबर सार्वजनिक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here