नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड बन्न सफल सि.जी.ले आफ्नो आधिकारीक वेबसाईट www.cginspiringlife.com सफलता पूर्वक लन्च गरेको छ । यस वेबसाईट ग्राहक, डिलर तथा सम्पूर्ण महानुभावहरुलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको हो ।

यस वेबसाईटमा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामानको विशेषता देखि लिएर वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्नेछन् ।

यस वेबसाईटमा सि.जी.ब्राण्डमा रहेका एल.ई.डि टि.भी., रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईजकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ ।

यसमा रहेको सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदिको दाबी दर्ता गर्नूका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिनेछ । साथै ग्राहक वर्गहरुको सुविधाको लागि यस वेबसाईटमा सि.जी.का सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ ।

यसमा भएको स्टोर सेक्सनबाट ग्राहकहरुले आफ्नो नजिकमा रहेको सोरुम पनि सजिलै पत्ता लगाउन र सम्र्पक पनि गर्न सक्नेछन् । विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि जानकारी दिने काम यो वेबसाईटमा हुनेछ ।

वर्तवान अवस्थामा फैलिएको कोभिड–१९ भाइरसबाट टाढै रहि घरमै बसिबसि आफुले चाहेको सामानहरुको पूर्ण जानकारी लिई बुकिङ र खरिद समेत गर्न सकिने छ । तसर्थ सि.जी. ब्राण्डले सम्पूर्ण ग्राहक महानुभावहरुको जिवनशैलिलाई सरल र सहज बनाउने लक्ष्यका साथ तयार गरेको यो वेबसाईटबाट सम्पूर्ण सरोकारवाला लाभान्वित हुनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here