सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये १६ जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् । पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् ।

त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् ।

पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको छ । पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here