चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएसँगै जनजीवन प्रभावित भएको छ । भरतपुरमा निषेधाज्ञा जारी भएसँगै उद्योग, कलकारखाना, बजार र यातायात न्यून सञ्चालनमा छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

निषेधाज्ञा जारी भएसँगै राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उनले बताए । भरतपुर महानगरमा गएको चार दिनमा ३० भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here