कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासनले जारी गरेको लकडाउनको समय ७ दिन थपेको छ ।

जिल्ला प्रशासनले आइतबाररातीबाट थप भाद्र सात गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा समुदाय स्तरमा समेत कोरोना बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले साउन २४ गतेबाट पुर्ण लकडाउन जारी गरेको थियो ।

यो अवधिमा पनि संक्रमित बढेकोले संक्रमण फैलिन नदिन निषेधाज्ञाको समय लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचनामा जनाईएको छ । प्रशासनले सूचना जारी गर्दैै आइतबार देखि थप लकडाउन थपेको जानकारी दिएको छ । प्रशासनले भदौ १ गते वाट बिहान ८ बजेदेखि १० बजेसम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले वताए ।

सर्वसाधारणकोे आवश्यकतालाई मध्यनजर गर्दै खाद्यान्न लगायतका समाग्री खरिद गर्ने समय उपलव्ध गराएको र सो समयमा पनि उच्च सतरर्कता अपनाउन आग्रह गरेको उनले बताए ।

प्रशासनका अनुसार सरकारी कार्यालय, बैकिङ संस्था बजार, निजी पसल र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । उद्योग कलकारखानको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको मापदण्ड अनुसार संचालन गर्न पाईने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here