नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गैरजिम्मेवारी पन र गम्भीर गल्तीका कारण हालै सिन्धुपाल्चोकको लिदि गाउँमा विनाशकारी पहिरो गएको भन्दै उक्त दुःख घटनाको जिम्मेवारी सरकारले लिनु पर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायको नियुक्ति र त्रिभुवन विश्वविद्यालय लगायतका विषयमा छलफलका लािग बोलाएपछि उनलाई भेट्न सोमबार बालुवाटारमा पुगेका पूर्व प्रधानमन्त्री देउवाले तीन शुरुमै जरुरी महत्वका तीन बुँदामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै गम्भीर प्रश्न तेर्साएका छन्।

प्रधानमन्त्री ओलीसँगको भेटपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको र कैँयन बेपत्ता भएको भन्दै गाउँबासीले १० दिन अघिदेखि नै गुहार माग्दा पनि उनीहरुलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको बताएका थिए।

साथै उनले प्रधानमन्त्री ओली समक्षा यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिुन पर्छ कि पर्दैन भनि प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ।

करिब पाँच वर्ष अघि गएको विनाशकारी भुकम्पको कारण जमिन चर्किएको अवस्थामा रहेको लिदिका जनता र स्थानीय निकायले सम्भावित पहिरोको जोखिमसँगै उनीहरुको व्यवस्थापनका लागि पहिरो जानु १० दिन अघि सम्बन्धित निकायमा निवेदेन दिएका थिए।

साथै देउवाले देशका देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति पु¥याएको बताउँदै पीडितको राहत, पुनस्थापन र व्यवस्थापनका विषयमा सरकारको भूमिका सन्तोषजनक नभएको भन्दै व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका थिए।

यसैगरी देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघिसकेको र संक्रमण तीब्र गतिमा बढ्दा चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार सक्षम नदेखिएको आरोप पनि लगाए।

‘कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन?,’ सभापति देउवाले गरेको प्रश्न उद्रित गर्दै विज्ञप्तिमा भनिएको छ। साथै उनले आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ भइरहेको छ भनि प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए।

यसका अतिरिक्त त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी भएको उनले बताए।

निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखिएको पनि उनले आरोप लगाएका थिए।

भेटका अवसरमा देउवाले प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो नभएको भनि रोष प्रकट गरे।

उनले अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए।

कांग्रेस नेता रमेश लेखकलाई साथ लिएर बालुवाटार पुगेका देउवाले यी सबै बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here