पोखरामा कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ। पोखराको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा तनहुँ व्यास नगरपालिका १ कि ५० बर्षीय महिला उपचारका क्रममा मृत्यु थियो। उनको परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशलनालय पोखराले जनाएको छ।

उनमा निमोनिया देखिएपछि उनलाई गत साउन ३२ गते देखि अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भए पश्चात उनि स्याब परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण पाइएको स्वास्थ्य निर्देशलनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उक्त महिला मधुमेह र मुटुरोगका बिरामी थिइन्। उनको अन्तिम संस्कार नेपाली सेनाले गर्ने बताइएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here