नेपाली कांग्रेसका केन्द्रिय सदस्य महालक्ष्मी(डिना) उपाधायलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ। हाल मकवानपुर जिल्लाका सामाजिक कार्यक्रमहरुमा सक्रिय रहेकी केन्द्रिय सदस्य उपाधायलाई कन्ट्रयाक ट्रेसिंग गर्दा पोजेटिभ देखिएको हो।

मकवानपुर स्थित एक सहकारीमा कार्यरत सहयोगीलाई कोरोना देखिएकू थियो। केहि दिन अघि उनलाई ज्वोरो आएपछि उनलाई काठमाडौँ आएर आफ्नो पिसिआर टेस्ट गराएकी थिइन्। आज आएको रिपोर्टमा उनमा पनि कोरोनाको संक्रमण देखिएको पुष्टि भएको थियो। उनि अहिले आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी छिन्। उनले केहि समय अघि उनमा संक्रमण देखिएको जानकारी दिईन। उनले भनिन्,’अरु त खासै केहि भएको छैन। अस्ति अलिकति ज्वरो आएको थियो। आज पिसिआरको रिजल्ट पोजेटिभ आएको छ। अहिलेमा घरमा सेल्फ क्वारिनटाईनमा बसेकी छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here