प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कोरानोको भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए।

उनले भने:

‘तीन दिनदेखि लक्षणहरू फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ। अहिले स्थिति भयावह छैन। यसको अर्को जेनेरेसन चाहिँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ। हिजोको कोभिड-१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन। एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मूल गर्नुपर्ने। खोप लगाएर निर्मूलन हुन सजिलो छैन। पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ। पूर्ण रूपमा नियन्त्रण गर्न सामाजिक दूरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने। संक्रमण हुने स्थिति नहोस्।’


उनले पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्नेमा जोड दिए । कोरोना पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा रहिरहने भन्दै उनले सवै सचेत हुनुपर्ने बेला आएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here