नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक आह्वान गरेका छन् ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच भएको छलफलले बैठक तय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भदौ १३ गते बोलाइएको सचिवालय बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदन रहने जानकारी दिएका छन् ।

यसअघि महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते अध्यक्षद्वयले पार्टीको विवाद समाधान गर्न भन्दै कार्यदल बनाएका थिए । उक्त कार्यदलले प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली हुने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो । मंगलबार सोही प्रतिवेदनमाथि दुई अध्यक्षबीच सामान्य छलफल भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here