क्यारेबियन प्रिमियर लिगमा जमैका तल्लाहवाज बार्बाडोस ट्रिडेन्टस विरुद्ध मैदानमा उत्रदैछ। नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टीम जमैका बार्बाडोस विरुद्ध राति सवा तीन बजे मैदान उत्रदैछ।

जमैकाले दुई खेलमा पराजित र दुईमा जित निकालेको छ। सन्दीप कुनै पनि खेलमा विकेट विहीन बनेका छैनन्। पहिलो र दोस्रो खेलमा औसत प्रदर्शन गरेका सन्दीपले जमैकाको तेस्रो र चौथो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

गुयना अमेजोन वारिवर्सविरुद्ध भएको जमैकाले खेलको तेस्रो खेलमा सन्दीपले चार ओभरमा आठ रन मात्रै दिएर दुई विकेट लिएका थिए। तर, खेल भने जमैकाले गुमायो। फेरि, वारिवर्स विरुद्ध मंगलबार राति भएको खेल भने जमैकाले जित्यो। उक्त खेलमा सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिएका थिए।

एक मात्रै विकट लिएपनि सन्दीपले वारिवर्सलाई १०८ रनमा समेट्न अफगानिस्तानी स्पिनर मुजिब और रहमानलाई बलियो साथ दिएका थिए। सन्दीपले चार खेलमा पाँच विकेट लिएका छन्। उनको टीम चौथो स्थानमा छ। आजको खेल जिते जमैकालाई दोस्रो वा तेस्रो स्थानमा उक्लने अवसर छ भने एसोसियट मुलुक नेपालका स्पिनर सन्दीपलाई थप उत्कृष्ट प्रदर्शन गर्ने अवसर छ।

पछिल्लो पाँच खेलमा बार्बाडोससँग जमैका एक पटक मात्रै पराजित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here