प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फेले ‘राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन’ पेश गरेकी हुन् ।

यस्तै बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ र ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here