राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकले जुगल गाउँपालिका वडा नंं २, लिदिका बाढीपहिरो पिडितलाई राहत वितरण गरेको छ।

राप्रपाका केन्द्रीय सदस्य रमेश बहादुर लामा, गोपाल श्रेष्ठ, उदय सापकोटा, दईन्द्र ठकुरी, शिव भण्डारी, उत्तम भण्डारी, कुमारी तामाङ शेर बहादुर शाही लगायतको उपस्थितीमा राहत वितरण कार्य सम्पन्न भएको थियो ।

राप्रपाले जुगल गाउँपालिका वडा नं. २, लिदिका बाढीपहिरोबाट मृतक प्रत्येक परिवारलाई बाह् हजार नगद, घर पुरिएका परिवारलाई छ हजार नगद र विस्थापित १७२ घरपरिवारलाई दुई हजार का दरले राहत वितरण गरिएको थियो ।

राहत वितरणमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्ग, सोही वडा का वडा अध्यक्ष लगायतको उपस्थितीमा वडा नंं १ सेलाङमा वितरण गरिएको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here