सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन् ।

शुक्रबार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताएका हुन् । उनले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताए । संसदका राम्रा नराम्रा कामको तुलना गर्न सभामुख सापकोटाले समाजलाई आग्रह गरे ।

आफ्नो हातमा नतिजा नआए पनि आफुले निरन्तर परामर्श गरिरहेको जानकारी दिदै सभामुख सापकोटाले संदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको तर्क गरे । विगतका अध्यक्षहरुको कार्यकाल जस्तै नव निर्वाचित पदाधिकारीहरुको कार्यकाल पनि सफल हुने उहाले आशा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here