नेपाली कांग्रेसका सांसद एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
चौधरीले शुक्रबार अपरान्ह आफ्नो ट्वीटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जनाएका हुन्।

उनले आफ्ना साथीभाई तथा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै भनेका छन, ‘कोरोना भाइरसको पीसिआर परिक्षणमा आज बिहान पोजेटिभ देखिएको छ। भगवानको कृपाले मलाई कुनै लक्षण भने देखिएको छैन। यसका बाबजूद चिकित्सकको सल्लाह अनुसार म आइसोलेशनमा बसेको छु।’

साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सकेसम्म सावधान अपनाउन पनि आग्रह गरेका छन्।

नेपालको उद्योग, व्यवसायमा मात्र नभई पछिल्लो समय नेपाली कांग्रेसले गठन गरेको कोरोना संक्रमणबाट देशका उद्योग, व्यवसायदेखि रोजगारीको क्षेत्रमा परेको असरबारे अध्ययनका लागि गठित विशेष समितिको संयोजक समेत रहेको चौधरीले आफ्नो समितिलाई क्रियाशील बनाएर एकपछि अर्को प्रतिवेदन तयार पार्दैआएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here