नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफु अनुकुल चलाउन खोजेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफु अनुकुल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाएका हुन् ।

देउवाले संसद अधिवेशन लगाएतका बिषयमा ओलीले गरेको निर्णयमा राष्ट्रपतिले पनि आखाँ चिम्लेर सहिछाप गर्ने गरेको तर्क गरे ।

कांग्रेससंग संसद बोलाउने संख्या पनि नपुग्ने बाध्यता रहेको भन्दै उनले संसदमा सरकारबिरुद्ध आवाज उठाउदा ओलीले संसद बन्द गर्ने गरेको जिकिर गरे । देउवाले अहिले प्रतिकुल अवस्था रहेपनि संसदमा लडेर प्रजातन्त्रलाइ बलियो बनाउने धारणा राखे । उनले बिभिन्न निकायमा ओली सरकारले गरेको हस्तक्षेपको विरुद्ध कांग्रेस सशक्त रुपमा उत्रिने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here