कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भन्दै संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताएका छन् ।

शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा पौडेलले जनताले दिएको दुईतिहाइको जनमतलाई प्रधानमन्त्रीले लत्याएको आरोप समेत लगाए । अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने उनले स्पष्ट पारे ।

पौडेलले प्रधानमन्त्रीमा अहंकार देखिएको र मुलुकमा समग्र लोकतन्त्रमाथि खतरा ल्याएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here