नेपालमा आइतबार थप १७६ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । त्यस्तै थप ११७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७३ हजार २४० जनाले कोरोना संक्रमण जितेका छन् । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा हाल १६ सय ७२ जना आइशालेशन र ५७ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ८५ हजार २८८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here