नेपालमा आइतबार थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४८ महिला र ८७३ पुरुष गरि थप १२२१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आइतबार उपत्यकामा थप ४२९ जनामा कोरोना पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १७,५१८ जना रहेका छन् । आइतबार २६७ जना डिष्चार्ज भएका छन् भने हालसम्म २०,८२२ जना निको भएर डिष्चार्ज भएका छन् ।

त्यस्तै नेपालमा थप १४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सुनसरी, बारा, महोत्तरी र काठमाडौंका एक–एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै महोत्तरी र रुपन्देहीका दुई–दुई पुरुषको मृत्यु भएको छ । त्यसैगरि सुनसरी, मोरङ, रौतहट, ललितपुर,भक्तपुर, नवलपरासीका एक–एक पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

योसंगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ । हाल क्वारेन्टाइनमा ७७९७ जना रहेका छन् । संस्थागत आइशोलेशनमा १०,६१२ जना र होम आइशोलेशनमा ६,९०६ जना रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here