स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीबाट आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ को उद्घाटन गर्दै मन्त्री त्रिपाठीले कोरोनाका कारण आतंकित हुनुपर्ने अवस्था नरहेको भन्दै नकारात्म सूचनाबाट भ्रममा नआउन आग्रह गरे । उनले आतंकित हुनुभनेको कोरोना संक्रमणलाई बढावा दिनु भएको बताए ।

उनले बाहिर चर्चा चलेजस्तो लकडाउनमा जाने कुनै संभावना नै नरहेको स्पष्ट पारे । उनले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदमहरु चाल्न तयार रहेको र सवै आवश्यक पूर्वाधारको तयारी भइरहेको जानकारी दिए । उनले स्वास्थ्य र शिक्षालाई सरकारले व्यवसायको रुपमा नलिएको बताए । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सीमा नाकामा चेकजाँच गर्ने, आवश्यक क्वारेन्टाइन र आइशोलेशन निर्माणमा सरकार जुटेको धारणा राखे । उनले अनुमानको भरमा कोरोना सम्बन्धी समाचार नलेख्न आग्रह पनि गरे ।

मन्त्री त्रिपाठीले चीन सरकारबाट अनुदानमा उपलब्ध कोरोना खोप लगाउने अभियान बुधबारदेखि सुरु हुने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here