भारतका पुर्व-राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। दिल्लीस्थित सोमबार आर्मी रिसर्ज एण्ड रेफरल अस्पतालमा उपचारका क्रममा मुखर्जीको मृत्यु भएको हो। उक्त खबरको पुष्टि उनकै छोरा अभिजित मुखर्जीले आफ्नो ट्वीटर मार्फत गरेका हुन्।

८४ बर्षिय मुखर्जीलाई अगस्त १० गते इमर्जेन्सीमा अस्पताल भर्ना गरिएको थियो। सोहि दिन उनको ब्रेन क्लॉटिंग हटाउन शल्यक्रिया पनि गरिएको थियो।

शल्यक्रिया पछि उनको अवस्थामा कुनै सुधार नदेखिएको राखेको भारतीय संचार मध्यमले जनाएका छन्। उनको स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई भेन्टिलेटरमा रखिएको थियो।

अगस्त १० मा नै उनले आफ्नो ट्वीटर मार्फत आफुलाई कोरोना भएको जानकारी दिएका थिए। उनि सन् २०१२ मा भारतका राष्ट्रपति बनेका थिए। गत बर्ष उनलाई भारत रत्नबाट पुरस्कृत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here