नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसद पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

मंगलबार माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । माओवादीको पत्र आएकाले अव पत्रअनुसार कारबाही प्रक्रिया अघि बढेको प्रवक्ता पाण्डेले बताए।

संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here